कोरोनाबाट थप २१ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ८१२ पुग्यो

काठमाडौं, ६ कार्तिक । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
काठमाडौं उपत्यकामा १५ सय ५२ सहित देशभर थपिए ३६ सय ३७ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५५२ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौंमा एक हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३६ सय ३७ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ ।
योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन् । आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन् ।