नेपालमा कोरोना निको हुनेको संख्या एक लाख नाघ्यो


६ कार्तिक २०७७, बिहीबार
korona

काठमाडौं, ६ कार्तिक । नेपालमा कोरोना संक्रमणलाई जितेर निको हुनेको संख्या एक लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको एक लाख २ हजार ८२० संख्या पुगेको छ ।

आज (बिहीबार) २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुसष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १५२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७५१ जना रहेका छन् । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७