वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

मकवानपुर, ६ कार्तिक । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षीय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो ।
‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको छ’, मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले भने । उनका अनुसार मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् । ‘सामान्य रुघाखोकी बाहेक उहाँमा अन्य कुनै स्वास्थ्य समस्या छैन,’ उनले भने ।