कोरोना उपचारका लागि देशभरका यी अस्पतालमा अक्सिजनसहितको ६ हजार बेड थपिने


प्रकाशित मिति : October 22, 2020

काठमाडौं, ६ कार्तिक । देशभरका विभिन्न अस्पतालमा अक्सिजनसहितको ६ हजार बेड हाइ डिपेन्डेन्सी युनिटको व्यवस्था गरिने भएको छ ।

स्स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार विनियोजन गरी पठाइएको बताए ।

उपत्यका बाहिर हरेक प्रदेशमा ३-३ वटा अस्पतालमा २५ बेड थपिँदैछ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, मेची अस्पताल र प्रदेश २ मा नारायणी अस्पताल, जनकपुर अस्पताल, सगरमाथा अस्पताल रहेका छन् ।

वाग्मती प्रदेशमा भरतपुर अस्पताल, हेटौंडा अस्पताल, धुलिखेल अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ अस्पताल, गोरखा अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान , सुर्खेत अस्पताल, जाजरकोट अस्पताल, सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पतालमा २५ र२५ बेडका दरले हाइ डिपेन्डेन्सी युनिट सुरु गर्न बजेट पठाइएको हो ।

त्यसैगरी काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा सयरसय बेडको हाइ डिपेन्डेन्सी युनिट थपिनेछ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, दहचोक अस्पताल, आर्मी अस्पताल, सिभिल अस्पताल, एपिएफ अस्पतालमा ५०–५० बेडको सेवा सुरु हुने डा. गौतमले बताए ।

नेपाल मेडिकल कलेज टिचिङ हस्पिटल, काठमाडौं मेडिकल टिचिङ हस्पिटल, किष्ट मेडिकल कलेज, कान्ति बाल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पतालमा २५–२५ बेडको एचडीयू थपिनेछ ।

प्रतिक्रिया दिनुहोस्