२०७७ कार्तिक ७ गते शुक्रबारको तपाईको राशिफल


प्रकाशित मिति : October 23, 2020

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पारिवारिक सुख एवं सहयोग मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पनि बन्ने छन् । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शत्रु पराजित हुनेछन् । काममा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धर्म, कर्ममा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कसैलाई सन्तान लाभ हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम गर्दा अपजस आइलाग्न सक्छ भने विवाद समेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्रपनि कमजोर रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाक्चतुर्याइँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मंगल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाइने छ । विश्वास गरेकाले साथ दिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । इच्छा र आकांक्षा पूर्ण होला । शुभकार्यको चर्चा चल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्