अदितीको आजको राशीफल : नेपाल–भारत दुबैमा चर्चा !


२६ माघ २०७४, शुक्रबार
aditi budhathoki 26868547 174358723178663 7572096152519049216 n

काठमाण्डौं, २६ माघ : नायिका अदिती बुढाथोकीको वहुप्रतिक्षित चलचित्र ‘कृ’ आजदेखि नेपालमा रिलिज भएको छ । उनले नायक अनमोल केसीसँग स्क्रिन शेयर गरेकी छन् ।aditi budhathoki 26868547 174358723178663 7572096152519049216 n

दर्शकले लामो समय कुरेको चलचित्र हलमा गएको दिन चलचित्रमा अभिनय गरेका कलाकार खुशी हुनु स्वभाविक हो । तर, आजको संयोग अदितीका लागि अलि फरक खालको छ । उनले डबर खुशी हुने अवसर पाएकी छन् । आज रिलिज भएको चलचित्र ‘कृ’ की नायिका अदिती बुढाथोकीबारे ‘इन्स्टाग्राममा सुन्दर भारतीय महिला’ भनेर समाचार कभरेज भएको छ ।

अदितीबारे यस अगाडि पनि भारतीय नायिका सन्नी लियोनीसँग दाँजेर समाचार सार्वजनिक भएको थियो । एक भारतीय अनलाइनले अदितीलाई ‘इन्स्टाग्रामका चर्चित ८ सुन्दर भारतीय महिला’ को सूचीमा राखेर समाचार लेखेको छ । इन्स्टाग्रामको उक्त समाचारमा प्रतिक्रिया स्वरुप अदितीले आफू भारतीय नरहेको जनाउँदै सूचीमा समावेश गरेकोमा धन्यवाद दिएकी छन् ।aditi budhathoki 26871690 340798939751940 6493414562077868032 n 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७