बिपी प्रतिष्ठानमा संक्रमितलाई बेड पाउनै ‘महाभारत’, पाए पहिल्यै ६० हजार धरौटी र दैनिक १५ हजारसम्म शुल्क


७ कार्तिक २०७७, शुक्रबार
BPKIHS file photo scaled
w/fgl:yt jLkL sf]O/fnf :jf:Yo lj1fg k|lti7fg . t:jL/M k|bLk d]Gofªaf]÷sflGtk’/

सुनसरी, ७ कार्तिक । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाएका छन् । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन तीन हजार ५०० शुल्क तिर्नु पर्नेछ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी राखी दैनिक १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिस तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि दुई हजार २०० शुल्क तोकेको छ ।

यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ ।

प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
तर, संक्रमितले पैसा तिर्न तयार भए पनि प्रतिष्ठानमा बेड पाउन ‘महाभारत’ को लडाइ जिते जतिकै संघर्ष गर्नुपर्ने संक्रमितका आफन्तहरुले बताउने गरेका छन् । प्रतिष्ठानमा आइसीयु अभावमा धेरै संक्रमितले ज्यान गुमाइसकेका छन् ।

३९६ जनाको स्वाब फिर्ता

शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७