बिना स्वीकृति साइकल लेन : पूरा बनिनसक्दै महानगर र सडक विभागबीच विवाद


७ कार्तिक २०७७, शुक्रबार
7 Shares
cycle

काठमाडौं, ७ कार्तिक । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण शुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

महानगरपालिकाले काठमाडौं र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण शुरु गरेको हो । सो सडक खण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब १० किलोमिटर छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटक पटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गरे ।

सडक विभागले भने महानगरपालिकाले आफूूखुशी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमति विना नै आफूखुशी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताए ।

jagdamba.cement
rbbbb

उनले सो सडकखण्डमा विभागको अनुमति विना साइकल चलाउन नमिल्ने स्पष्ट पारे । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७