प्रमुख प्रशासकीय प्रमुख फिर्ता गर्न मध्यपुर मेयरको मन्त्रालयलाई पत्र


७ कार्तिक २०७७, शुक्रबार
Madan Sundar Shresth and Uddhav Rijal

भक्तपुर, ७ कार्तिक । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई मन्त्रालयमा फिर्ता गर्न पत्राचार गरेका छन् ।

सम्पदा पुनर्निर्माणलगायत उपभोक्ता समितिमार्फत् भएका कामको भुक्तानी नदिएको र अनुचित आर्थिक लाभमा सहभागी भएको आरोपसहित प्रशासकीय अधिकृत रिजाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्न पत्र लेखिएको हो ।

दशैँका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता समेत प्रशासकीय प्रमुख रिजालले रोकेको प्रमुख श्रेष्ठले आरोप लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगर प्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गर्दै उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको बताएका छन् ।

अहिले अत्यावश्यक बाहेक काम नगर्ने निर्णय भएकाले अन्य कामका भुक्तानी रोकिएको पनि रिजालले बताएका छन् । वडाहरुले विवरण नै नपठाएकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७