प्रधानमन्त्रीले अपरान्ह देशबासीका नाममा सम्बोधन गर्ने


७ कार्तिक २०७७, शुक्रबार
PM KP Sharma Oli

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन आज (शुक्रबार) अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने
उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताएका छन् ।

पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर प्रधानमन्त्री आलोचित छन् ।

त्यस्तै सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्ग बाहेक अरुको कोरोना संक्रमणको उपचार सःशुल्क गर्ने सरकारको निर्णयको पनि आलोचना भइरहेको छ । प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७