स्वस्तिमाले यसरी ठाडै अस्वीकार गरिन् प्रस्ताव


२६ माघ २०७४, शुक्रबार
swastima khadka 2

काठमाण्डौं, २६ माघ : नायिका स्वस्तिमा खड्काले सलमानसँग हिन्दी गीतमा साइडमा नाच्न आफ्नो प्रोफेसनल इथिक्सले नदिने स्पष्ट पारेकी छन् ।

swastima khadka 2

बलिउडका सुपरस्टार नायक सलमान खान सहभागी हुने कार्यक्रम ‘दबंग द टुर नेपाल’ कार्यक्रममा आयोजकहरुले हिन्दी गीतमा कोरसमा नाच्न गरेको प्रस्तावलाई उनले अस्वीकार गरेकी हुन् । ओडीसी इन्टरटेन्मेन्टले बलिउड सुपरस्टार खानलाई सहभागी बनाएर आउँदो फागुन २६ गते टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ नामक कार्यक्रम गर्दैछ । कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढेको आयोजकले जनाएको छ ।

२ हजार देखि १० हजारसम्म टिकट मूल्य तोकिएको उक्त कायक्रममा आफूलाई चित्तबुझ्दो पारिश्रमिक पनि प्रस्ताव नगरिएको नायिका खड्का बताउँछिन् । उनले भनेकी छन्–‘आयोजकले हामीलाई जुनखाले प्रस्ताव ग¥यो त्यसमा सहमति हुन सकिएन ।’ उनले सलमान नेपाली गीतमा नाचे आफू कोरस नाच्न तयार रहेको समेत जानकारी दिइन् ।
एउटा कलाकार भएको हैसियतले सलमान खानलाई सम्मान गर्ने बताउँदै उनले भनेकी छन्–‘सलमानले नेपाली गीतमा नाच्ने हो भने स्टेज शेयर गर्न सकिन्छ ।’ स्वस्तिमासँगै प्रियंका कार्की र एलिशा राईले पनि आयोजकको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७