बागमती प्रदेशका मुख्यमन्त्रीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो


७ कार्तिक २०७७, शुक्रबार
Dormani Paudel

काठमाडौं, ७ कार्तिक । कोरोना भाइरस संक्रमित बनेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

मुख्यमन्त्री पौडेललाई आज (शुक्रबार) दिउँसो नेपाली सेनाको हेलिकप्टरले काठमाडौं ल्याइएको हो । उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।

मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले जानकारी दिएका छन् ।

‘उहाँमा सामान्य रुघाखोकी मात्र छ, अरु लक्षण देखिएको छैन’ दाहालले भने ‘केही समयअघि मुटुको अपरेसन गरेका कारण समयमै सचेतता अपनाउँदै गंगालालमा पठाइएको मात्र हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७