गण्डकीमा थप ४२ जनालाई कोरोना, संक्रमित संख्या ६ हजार ३०९ पुग्यो


७ कार्तिक २०७७, शुक्रबार
pokhara

पोखरा, ७ कार्तिक । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई–दुई, पर्वत, कास्की र स्याङ्जाका एक–एक जना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७