आज थपिएका ४,४९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

कूल संक्रमितको आधा भन्दा बढी मानिस काठमाडौंका


७ कार्तिक २०७७, शुक्रबार
korona

काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६ सय ९० महिला र २८ सय ९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म एक लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा काठमाडौमा २ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ । यो कूल संक्रमितको आधा भन्दा बढी संख्या हो ।

मन्त्रालयका अनुसार बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरका २३६ मोरङका २२३ , काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, भक्तपुरका १२७ जना छन् ।

त्यस्तै दाङका ९२, बाँकेका ७९, झापाका ७४, मकवानपुरका ७१, कैलालीका ५३, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८–२८ जना छन् ।

उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६र१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४र१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेर्नुस् विवरणहरु

1 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७