पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा


७ कार्तिक २०७७, शुक्रबार
nawaj sarif

इस्लामावाद, ७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ ।

भ्रष्टाचारविरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री इमरान खानले भ्रष्टाचार सम्बन्धी अरु घटना सार्वजनिक हुन लागेको अभिव्यक्ति दिएको केही दिनपछि यस्तो समाचार आएको हो । पूर्व प्रधानमन्त्री ७० बर्षीय नवाज सरिफ पाकिस्तान मुस्लीम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त भएका हुन् ।

अदालतले उनले ठूलो अनियमितता गरेको ठहर गर्दै उनलाई पदमा बसिरहन नमिल्ने ठहर गरेपछि अपदस्त गरिएको थियो । त्यसदेखि नियन्त्रणमा रहनु भएका नवाज गम्भीर अवस्थामा अस्वस्थ भएकाले केही महिना अगाडि उपचारका लागि बेलायतको राजधानी लण्डनमा रहेका छन् । यसअघि उनकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो ।

राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उनका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तानविरुद्ध पनि मुद्दा चलाउन लागिएको डन पत्रिकाले लेखेको छ ।

सेवा निवृत्त न्यायाधीश जाभेद इक्बालको अध्यक्षतामा बसेको विभागको बिहीबारको बोर्ड बैठकले ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

उनीहरुमाथि विदेशी अतिथिको सवारीमा प्रयोग गर्ने गरी खरिद गरिएका ७३ ओटा सवारी साधन खरिदमा अनियमितता गरेको आरोप छ । तर ती सवारी साधन व्यक्तिगत प्रयोगमा लगाएका र करिब १९ करोड ५२ लाख पाकिस्तानी रुपैयाँ अनियमितता गरेको बोर्डको भनाई छ । पिटिआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७