सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग


७ कार्तिक २०७७, शुक्रबार
Photo nc5k8NrhAk

काठमाडौं, कात्तिक ७ । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका कुमारीपाटी शाखाका हेड अफ सर्कल ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ ।

उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७