कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार
korona death 1

दाङ, ७ कात्तिक । कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी छन् ।
उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७