एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो


७ कार्तिक २०७७, शुक्रबार
ncl scaled

काठमाडौं, कार्तिक ७ । चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेकासँग सस्तोमा धेरै कुरा गर्नसक्ने भएका छन्।

एनसलले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको हो।

जसअन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित १.२८ मा कुरा गर्न सक्छन्। अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २.५४ प्रति मिनेट शुल्क लाग्ने बताइएको छ।

एनसेलले यही योजनाअन्तर्गत भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शूल्क पनि घटाएको छ।

इन्डलेस कुराकानी प्लसअन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भइसकेको अवस्थामा ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन्।
अन्य अवस्थामा एनसेल नेटवर्कभित्र कल गर्दा विद्यमान २.५४ प्रति मिनेट शुल्क लाग्दछ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन्।

७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र ९५.७७ रुपैयाँमा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्छन्।

त्यस्तै गाहकले मात्र १९१.५४ रुपैयाँमा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३८१.७९ रुपैयाँमा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन्।

प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन्। ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन्।

जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठूलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७