डिजिटल प्रणालीबाट भुक्तानी गर्दा एनआइसी बैंकको विभिन्न आकर्षक योजनाहरु


७ कार्तिक २०७७, शुक्रबार
Nic asia 1

काठमाडौं, ७ कार्तिक । नियमित जिम जाने बानी फेरिएर अहिले घरमै व्यायाम गर्न थालिएको छ । मिठो र नयाँ परिकारको लागि रेष्टुरेन्ट जानु पर्दैन अहिले घरमा नै युटुव हेरेरै नयाँ नयाँ परिकार पाक्न थालेका छन् । अहिले पढाइको शैलि फेरिएको छ, तपाई मध्ये कति जना त अफिस नगई अझै पनि घरबाटै काम गरिरहनुभएको छ होला, विश्व भरिनै फैलिएको कोरोना महामारीले गर्दा अहिले प्रायः मानव जातिको नियमित कार्यतालिका यसरी नै फेरिएको छ ।

अहिलेको बैंकिङ्ग गर्ने प्रकृया पनि फेरिएर निकै सहज भएको छ । के तपाईले ख्याल गर्नुभएको छ रु हेर्नुहोस् न पहिले एउटा खाताबाट अर्को खातामा पैसा जम्मा गर्न होस् वा निकाल्न वा कसैलाई पैसा पठाउनु पर्यो भने बैंकको शाखा कार्यालय खोज्दै हिड्नु पथ्र्यो, तर अहिले तपाईको हातमा रहेको मोबाइलमा नै बैंक आइपुगेको छ ।

अब कसैलाई रकम पठाउनु छ भने केही सेकेन्डमा नै तपाई पैसा पठाउन सक्नुहुन्छ । किनमेल गर्दा खल्तीमा पैसा छाम्नु पर्दैन, खाजा खाँदा बिल तिर्न पैसा पुगेन भने के गर्ने भन्ने चिन्ता पनि भएन, तपाई सिधै बैंकको खाताबाट पैसा तिर्न सक्नुहुनेछ ।

जसरी तपाईको दैनिकी फेरियो त्यसरी नै यसपालिको चाडबाडमा मनाउने शैलि पनि फेरिने संकेत देखिएको छ ।

चाडबाडको लागि गरिने किनमेलको चलन फेरिएको छ । यसअघि किनमेलको लागि बजार बजार डुल्ने हामी अब सकेसम्म भिडभाड कम गरी अनलाइनबाटै अर्डर र अनलाइनबाटै भुक्तानी गरी चाडबाडको किनेमल गर्न थालिएको छ ।

एक आपसमा दुरी कायम गर्नु नै कोरोना भाइरसबाट सुरक्षित रहन मानिसहरु बैंकिङ्ग सेवाहरु र किनमेल र भुक्तानी सेवाहरुसमेत सकेसम्म घरबाट पुरा गर्ने रुचि देखिएको छ ।

लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले समयअनुरुप ग्राहकहरुको फेरिदो दैनिकी अनुसार नै डिजिटल प्रणालीबाट भुक्तानी गर्दा विभिन्न आकर्षक छुट तथा नगद फिर्ता क्यासब्याकका योजनाहरु ल्याएको छ ।


बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट-क्रेडिट) प्रयोगकर्ताहरूलाई विभिन्न ब्राण्ड तथा स्टोरहरूमा भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने ‘डिजिटल उत्सव’ सार्वजनिक गरेको छ ।

विभिन्न सेवाहरुमार्फत एक असल साथीको रुपमा ग्राहक महानुभावहरुलाई सेवा दिदै आइरहेको यस बैंकले चाडपर्वको अवसर पारेर विभिन्न व्यवसायहरुसँग सहकार्य गरेर अविश्वसनीय छुट सुविधा ल्याएको छ ।

चाडबाडको उमंगमा थप रौनकता थप्न बैंकले ल्याएको यस अतुलनीय योजनाबाट ग्राहक महानुभावहरूले इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न आदि खरिद गरी यस बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डमार्फत भुक्तानी गर्दा आकर्षक ५० प्रतिशत सम्म छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने बताइएको छ ।

मालसामान खरिदमा मात्र नभएर हवाई प्याकेजमा समेत विशेष अफर ल्याएको छ । देशका विभिन्न धार्मिक तथा प्राकृतिको अनुपम सौन्दर्य हेर्ने योजना बनाउनुभएको ग्राहक महानुभावहरुको लागि सिम्रिक एयरसँगको सहकार्यमा हेलिकप्टर टुरमा विशेष छुटको व्यवस्था गरेको छ ।

चाडबाडको मात्रै कुरा होइन घरायसी बीलहरु जस्तै, बिजुलीको बिल, पानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, मोबाइल रिचार्ज आदि सेवाहरु घरबाटै सजिलै लिनेहरुको संख्या बढेको छ ।

यी सेवाहरु डिजिटल माध्यमबाट गर्दा बैंकले छुट तथा क्यासब्याकका सुविधा समेत दिदै आएकाले पनि ग्राहकहरु यस तर्फ बढी आकर्षित देखिएको छ ।

डिजिटल फस्ट बैंक बन्ने रणनीति अबलम्बन गरेको यस बैंकले बैंकसम्म आउनुपर्ने काम ग्राहकले चाहेको बेला आफू रहेको स्थानबाटै गर्न सकिने सुविधाका लािग आवश्यक पूर्वाधार तथा प्रणालीको विकास गरेको छ । त्यतिमात्रै होइन बैंकले नेपालमानै पहिलो पटक अनलाइन प्रणालीबाटै कर्जाको आवेदन दिन सकिने सुविधा पनि ल्याएको छ

बैंक आफूलाई एक उत्तरदायी कर्पोरेट नागरिकको रुपमा विभिन्न समय तथा मौकामा समाज तथा देशको वृहत्तर हित हुने विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गरिरहेको छ ।

उत्तरदायी बैंकिङ्ग अभ्यास गर्दै आएको यस बैकले सामाजिक उत्तर दायित्वको लागि भन्दै नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छटको उपलक्ष्यमा बैंकको मोबाइल एप ९एन आई सी एशिया मोबैंक०बाट ग्राहकले हरेक पटक कारोबार गर्दा रु १ रुपैयाँ प्रति कारोबार बैंकले आफ्नो तर्फबाट जम्मा गरी सामाजिक उत्तरदायित्वको काममा खर्च गर्ने घोषणा गरेको छ ।

आजको समयमा पैसा राख्न र कर्जा लिन बाहेक पनि अथाह सेवाहरु बैंकबाट लिन सकिन्छ । बैंकहरुले ल्याएका पछिल्ला सेवाहरु हेर्ने हो भने अहिले बैंक मानिसको जीवनसँग प्रत्यक्ष जोडिन पुगेको छ ।

त्यसमा पनि परम्परागत रुपमा गरिदै आएको बैंकिङ्ग प्रणालीलाई थप परिवर्तन गरी जीवन उपयोगी बनाउने यात्रामा रहेको एन आई सी एशिया बैंकले आफ्नो ग्राहक महानुभावहरुलाई दिइरहेको सेवाहरु निकै सहज र विश्वासनिय रहेको छ ।

बैंक खोज्दै जानुपर्ने समय तथा बैंकको शाखामा पुगेर लाइन बसेर गर्नुपर्ने कामहरु पनि बैंकले अनलाइनबाट दिएको छ । सहजताको कुरा गर्दा बैंकले खातामा भएको पैसा निकाल्नको लागि चेक वा एटिएम नभएको अवस्थामा मोबैंक बाट बैंकको टेलरमा भएको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सक्ने स्मार्ट टेलरको सुविधा समेत बैंकमा उपलब्ध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७