प्रधानमन्त्रीको सम्बोधन : ‘रअ’ प्रमुखसँगको भेटबारे मौन


८ कार्तिक २०७७, शनिबार
PM KP Sharma Oli

काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटबारे मौनता साधेका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित छ । विपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँगको भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री ओलीले देशलाई बताउनुपर्ने माग गरेको छ ।

तर, बुधबार राति तीन घन्टा भएको भेटबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा केही उल्लेख गरेनन् । छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९ ः१५ देखि मध्यराति १२ ः१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भएको छ । ’रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भेट सकेर टोली बिहीबार बिहान दिल्ली फर्केको थियो ।

यसैबीच प्रधानमन्त्री र ‘रअ’ प्रमुखको भेटबारे असन्तुष्ट तीन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले आफुहरुको ‘रअ’का प्रमुख गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारिसकेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७