कोरोनाबाट साउदीमा थप एक नेपालीको मृत्यु, विदेशमा हालसम्म २८४ नेपालीको मृत्यु


९ कार्तिक २०७७, आईतवार
korona death

काठमाडौं, ९ कार्तिक । कोरोना भाइरस संक्रमणबाट साउदी अरबमा यो साता थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एक जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ जना नेपाली कोरोना भाइरस संक्रमित बनेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।

यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हालसम्म १९ देशका २८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७