‘रअ’ प्रमुखको भ्रमणबारे ढाकछोप गरेको भन्दै सरकारलाई रवीन्द्र मिश्रको आठ प्रश्न


९ कार्तिक २०७७, आईतवार
rabindra mishra

काठमाडौं, ९ कार्तिक । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त योगलसँग प्रधानमन्त्री केपी शर्माले गरेको भेट कुटनीतिक मर्यादा विपरीत मात्र नभई देशकै शीर झुकाउने खालको भएको बताएका छन् ।

योयलसँगको प्रधानमन्त्रीको भेटलाई लिएर सर्वत्र आलोचना हुन थालेपछि सरकारले उक्त भेघटाटको ढाकछोपको गरिरहेको आरोप लगाएका छन् । आइतबार कान्तिपुर एफएमसँगको कुराकानीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा आएको बताएका थिए ।

संयोजक मिश्रले गोयलको भ्रमण हाइप्रोफाइल हो भने पहिल्यै किन जानकारी नगराइएको भनेर परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका छन्, ‘युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलि मात्र होइन, पूर्ण रूपमा हेपेको हो कि होइन ?’ त्यस्तै मिश्रले भारतले ‘नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?’ भनेर समेत प्रश्न गरेका छन् ।

रअ प्रमुख गोयल गत बुधबार काठमाडौं आएका थिए । उनले सोही राति प्रधानमन्त्री ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए । गोयल बिहीबार बिहान दिल्ली फर्किएका थिए । प्रधानमन्त्रीले गोयललाई भेटेको बारे सार्वजनिक रूपमा आलोचना बढेपछि प्रेस सल्लाहकार थापाले प्रेस नोट जारी गरेका थिए ।

ElJv9I0VgAABBpF

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७