काठमाडौं उपत्यकामा थपिए १५ सय ३५ कोरोना संक्रमित


९ कार्तिक २०७७, आईतवार

काठमाडौं, ९ कार्तिक । पछिल्लो २५ घण्टामा काठमाडौंमा उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १९ हजार ८२६ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५६ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४३० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना भाइरस संक्रमित थपिएका थिए । काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ६४३ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २८ सय ५६ कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७ सय ८९ जना पुरुष र एक हजार ६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७