कोरोना संक्रमित बनेका कमल थापा १० दिनको उपचारपछि डिस्चार्ज


९ कार्तिक २०७७, आईतवार
kamal thapa at hospital 20201025113914

काठमाडौं, ९ कार्तिक । कोरोना भाइरस संक्रमित बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गएको असोज ३० गते काठमाडौं चाबहिलको ओम अस्पताल भर्ना भएका थापा आइतबार डिस्चार्ज भएका हुन् । स्वास्थ्मा समस्या देखिएपछि असोज ३० गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । १० दिनसम्म अस्पताल बसेर डिस्चार्ज भएका थापा निवास फर्किएका छन् ।

कोरोना जितेका थापालाई अस्पतालबाट बूढानीलकण्ठ पासिकोटमा रहेको आफ्नै निवासमा लगिएको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

कोरोना संक्रमणपछि टाउको दुख्ने, ज्वोरो आउने र श्वासप्रस्वासमा समस्या भएपछि थापा अस्पताल भर्ना भएका थिए । डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पतालव्यवस्थापन समिती कर्मचारी, आफ्नो स्वास्थ्यको चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन् ।

थापाको उपचारमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. बिपिन कार्कीको टिम सहभागी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७