बेन स्टोक्सको शतकमा मुम्बईलाई राजस्थानले ८ विकेटले हरायो


१० कार्तिक २०७७, सोमबार
ben stokes century 20201026002423

काठमाडौं, १० कार्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो ११ औं खेलमा साविक विजेता मुम्बई इण्डियन्स पराजित भएको छ । आइतबार राति भएको खेलमा मुम्बई राजस्थानसँग ८ विकेटले पराजित भएको हो ।

बेन स्टोक्सको शतक मद्दतमा राजस्थान विजयी भएको हो । उनले नटआउट १०७ रन बनाए । उनले ६० बलमा ३ छक्का र १४ चौका हिर्काए । शेख जायद रंगशालामा मुम्बईले टस जितेर ब्याटिङ गर्दै ५ विकेट गुमाएर राजस्थानलाई १९६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य राजस्थानले १८.२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो ।

राजस्थानका लागि ओपनर बेन स्टोक्सले सर्वाधिक १०७ रन को विजयी स्कोर बनाए । त्यस्तै सञ्जु सामसोनले ५४ रनको योगदान गरे । मुम्बईका जेम्स प्याटिन्सनले २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि हार्दिक पाण्ड्याले ६० रन जोडे । उनले २१ बल खेल्दै ७ छक्का र २ चौका हिर्काए । त्यस्तै सूर्यकुमार यादवले ४० र इशान किसनले ३७ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २–२ विकेट हात पारे । त्यस्तै कार्तिक त्यागीले १ विकेट झारे ।

मुम्बईले हार व्यहोरे पनि शीर्षस्थानमै कायम रहेको छ । मुम्बई नेट रनरेटका आधारमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरभन्दा हो । यी तिनै टोलीले समान ११ खेल खेल्दा समान ७ खेलमा जित हात पारेका छन् । रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा रहेको छ । आजको खेलमा कोलकाता नाइट राइडर्स र किंस ११ पञ्जाव भिड्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७