निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या


२३ आश्विन २०७४, सोमबार

काठमाडौं : नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ।  गोली लागेर घाइते भएका अध्यक्ष गौचनलार्इ उपचारको लागि सिभिल अस्पतालमा लगिएको थियो । गौचनमाथि ब्यस्त सडकमै गोली प्रहार भएको हो ।Sarad Gauchan 2

 

 गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्।गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। घटना लगत्तै प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान सुरू गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७