कोरोनाका कारण एक लाख २२ हजार बढी नेपाली विदेशबाट फर्किए (हेर्नुस् तथ्याङ्क)


११ कार्तिक २०७७, मंगलवार
resque 2 1 scaled

काठमाडौं, ११ कार्तिक । विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण विदेशबाट हालसम्म एक लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् ।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्डर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ ।

हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक र मलेसियाबाट रहेका छन् । केन्द्रका अनुसार अफगानिस्तानबाट ५० नेपाली स्वदेश फर्किएका छन् । यस्तै अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २ हजार २१६, कतारबाट २२ हजार ५९४, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ नेपाली फर्किएका छन् ।

यसैगरी जापानबाट ३ हजार ५४१, थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३० नेपाली फर्किएका छन् ।

यस्तै मलेसियाबाट १७ हजार ९२४, माल्दिभ्सबाट १ हजार २६, श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ४१७ नेपाली फर्किँदा साउदी अरेबियाबाट १७ हजार १६०, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११ नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट ५४०, टर्कीबाट २ हजार ९३७, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २५०, भारतबाट ८५ नेपाली स्वदेश फर्किएका छन् ।

भारतबाट स्थलमार्ग हुँदै ठूलो संख्यामा नेपाली स्वदेश फर्किएको भएपनि हवाइ उडानमार्फत भने ८५ नेपाली मात्र स्वदेश फर्किएको केन्दको तथ्यांकमा उल्लेख छ । यसैगरी इराकबाट ३९, साइप्रसबाट ६४ र जोर्डनबाट ५७७ नेपाली स्वदेश फर्किएका छन् ।
हेर्नुस् तथ्याङ्क

ccmc iU4KRmot28

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७