भारतमा तीन महिनापछि सबैभन्दा थोरै संक्रमित


११ कार्तिक २०७७, मंगलवार
korona india

काठमाडौं, ११ कार्तिक । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या पछिल्लो तीन महिनामा आज सबैभन्दा थोरै देखिएको छ ।

सरकारी अधिकारीले जनाएअनुसार पछिल्लो तीन महिना भित्रमा आज ४० हजार भन्दा थोरै सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४ सय ७० जनालाई सङ्क्रमण भएको जनाएको छ ।

योसँगै भारतमा कूल सङ्क्रमितको संख्या ७९ लाख भन्दा धेरै छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ७२ लाख भन्दा धेरै कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७