चिनियाँ कम्युनिष्टद्वारा पूर्व प्रधानमन्त्री भट्टराईको स्वास्थ्य लाभको कामना


११ कार्तिक २०७७, मंगलवार
a6390c2a61d0325abeee1e6b7c0b158a w1000 h500 cp

काठमाडौं, ११ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्व प्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो ।
डा. भट्टराईसँगै पूर्वमन्त्री समेत रहेकी उनकी पत्नी हिसिला यमीमा कोरोना केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विदेश विभागले पठाएको पत्रमा डा. भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ । डा. भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७