भारतीय सेनाध्यक्षलाई कार्तिक २० गते राष्ट्रपति भण्डारीले सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने


११ कार्तिक २०७७, मंगलवार
Indian Army chief General Manoj Mukund Naravane

काठमाडौं, ११ कार्तिक । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने पक्का भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण तालिकाबारे जानकारी गराएको हो ।

सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ । उनी तीन दिन नेपाल बस्ने छन् ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

साथै भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले काठमाडौंस्थित सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण तथा जंगी अड्डामा सम्मान गारद निरीक्षण र समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७