आज थपिएका ५७० कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


११ कार्तिक २०७७, मंगलवार
korona

काठमाडौं, ११ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।
पछिल्लो २४ घण्टा (मंगलबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
उदयपुर १
पाँचथर १
भोजपुर १
मोरङ ४
सुनसरी २८
धनुषा ११
बारा १
रौतहट २
सिराह १
काठमाडौं २२५
काभ्रे ११
चितवन १
दोलखा १
धादिङ ३
नुवाकोट १
भक्तपुर २
रामेछाप २
ललितपुर २३
सिन्धुपाल्चोक २
कास्की १२
गोरखा १
नवलपरासी पुर्व ५५
म्याग्दी ५
बाग्लुङ ५
स्याङजा २
अर्घाखाँची २
कपिलवस्तु ४
गुल्मी ३
दाङ ५५
नवलपरासी ७
प्युठान १
बर्दिया २
बर्दिया २
बाँके १४

रुपन्देही ७९

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७