२०७७ कार्तिक १२ गते बुधबारको तपाईको राशिफल


१२ कार्तिक २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकूल भई कुलतमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विद्या र बुद्धिको विकास हुनेछ । बित्तीय संस्थाबाट सहयोग पाईने छ । कला र गलाको प्रभाव बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेममा बाधाका साथै व्यस्तता बढ्ने छ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउने छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । मान प्रतिष्ठामा बृद्धि होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्ने छ । बन्द व्यापारबाट राम्रै आय हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७