नेपालमा कोरोनामुक्त हुने दर ७४ प्रतिशत नाघ्यो, कुन प्रदेशमा कति ?

दशैंमा परीक्षण नहुँदा नयाँ संक्रमितको संख्या घट्यो


१२ कार्तिक २०७७, बुधबार
Health 1

काठमाडौं, १२ कार्तिक । नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश–१ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा (मंगलबार) तीन हजार एक सय ६८ जना कोरोनामुक्त भएका छन् । देशभर मंगलबार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय २५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा दुई सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा दुई सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली र सुदूपश्चिममा मंगलबार संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ । दशैंमा परीक्षण नभएका कारण नयाँ संक्रमितकाे संख्या घटेको छ ।

४० हजार ६ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई सय ८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा (मंगलबार) कोरोना संक्रमितबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ सय ७६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७