यूरोपमा कोरोना संक्रमण झन तीब्र, दैनिक ज्यान गुमाउने संख्या ४० प्रतिशतले बढ्यो


१२ कार्तिक २०७७, बुधबार
korona india 2

काठमाडौं, १२ कार्तिक । कोरोना महामारीको दोस्रो लहरसँगै युरोपमा कोरोना संक्रमण झन तीब्र बनेको छ । जसका कारण यूरोपमा कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा सङ्क्रमितको संख्या एक तिहाइले बढेको र ज्यान गुमाउनेको संख्या झण्डै ४० प्रतिशतले बढेको डब्ल्यूएचओकी प्रवक्ता डाक्टर मारगेरेट ह्यारिसले बताए ।

उनले यूरोपमा खतराको घण्टी बज्न लागेकाले सचेत हुनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवा राम्रा भएका देशमा अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना भइरहेका पनि उनले जानकारी दिए ।

उनले यूरोपका विभिन्न देशले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि लागू गरेका नयाँ प्रतिबन्धले सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या घट्नेमा विश्वास व्यक्त गरेका छन् । त्यसको लागि दुई हप्ता समय लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७