‘कोरोना भाइरसले मानिसको रोगसँग लड्ने तत्व एन्टीबडी तीब्र गतिमा घट्दै’


१२ कार्तिक २०७७, बुधबार
Handout

काठमाडौं, १२ कार्तिक । अनुसन्धानकर्ताहरूले कोरोना भाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन् ।

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्वपूर्ण हिस्सा हो । इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्डीबडी घटेको पाइएको छ ।

यसले बिरामीका रोग प्रतिरोधी क्षमता कम भएको र कोरोना भाइरसले धेरै पटक सङ्क्रमित बनाउने जोखिम देखिएको उनीहरूले बताएका छन् । यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड १९ का कारण मृत्यु हुने मानिसहरूको संख्या ६० प्रतिशतले बढेको विवरण सार्वजनिक भएकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो ।

रिएक्याट टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू एन्टीबडी परीक्षणमा सामेल भएका थिए । जून महिनाको अन्त्यतिर र जुलाई महिनाको शुरूतिर गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ६० जनामा एन्टीबडिज पत्ता लगाउन सकिने अवस्थामा देखिएको थियो ।

तर सेप्टेम्बर महिनामा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ४४ जनामा मात्रै त्यस्तो अवस्था देखियो। यसले गर्मी र शरद यामको बीचमा एक चौथाइभन्दा बढीले एन्टीबडिज घटेको देखाउँछ ।

अध्ययनमा सहभागीमध्ये एक प्राध्यापक हेलेन वार्डले भनिन्, ‘रोग प्रतिरोधी क्षमता एकदमै तीव्र गतिमा घटिरहेको देखिन्छ । पहिलो परीक्षण गरिएको अहिले तीन महिना पुगेको छ र हामीले एन्टीबडिजमा २६ प्रतिशतले कमी आएको देखिरहेका छौं ।’ स्रोतः बिबिसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७