लिभरपुलको लगातार दोस्रो जित


१२ कार्तिक २०७७, बुधबार
2020 10 28 liverpool

काठमाडौं, १२ कार्तिक । च्याम्पियन्स लिग फुटबलअन्तर्गत लिभरपुले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुले मिड्टजिल्यान्डलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहम्मद सालाहले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५५ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले दुई खेलबाट ६ अंक जोडेको छ । लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पराजित मिड्टजिल्यान्ड तालिकाको पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७