कोरोना संक्रमित मेचीनगरका प्रमुखको स्वास्थ्यमा सुधार नआएपछि सिलिगुडी लगियो


१२ कार्तिक २०७७, बुधबार
bimal acharya

झापा, १२ कार्तिक । कोरोना संक्रमित झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भारतको सिलिगुडी लगिएको छ ।

संक्रमित नगर प्रमुख आचार्यको स्वास्थ्यमा सुधार आउने सट्टा फोक्सोमा समस्या देखिएपछि मंगलबार साँझ थप उपचारका लागि सिलिगुडी लगिएको परिवारजनले जानकारी दिएका छन् ।

गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका आचार्यलाई थप उपचारका लागि भारतको सिलिगुढी लगिएको हो । संक्रमण पुष्टि भएको शुरुवातका केही दिन प्रमुख आचार्य घरमै आइसोलेसनमा बसेका थिए । तर स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई विराटनगरको नोबेल हस्पिटलमा भर्ना गरिएको थियो ।

त्यसयता उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन । अस्पताल बसाईमा आचार्यले सहज महसुस गर्न सकिरहेका थिएनन् । दशैंको समयमा चिकित्सकले समयमा नहेरिदिने भएकाले पनि प्रमुख आचार्यको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

‘भोलि गएर अन्य जटिल केही आउला कि भनेर भारतका अन्य शहरका ठूला अस्पतालमा उपचार गराउन सहज होस् भनेर सिलिगुडी लगिएको हो’, आचार्यका प्रेस संयोजक लक्ष्मी उप्रेतीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७