कोरोनाबाट रुपन्देही र पाल्पाका थप दुईको मृत्यु

दुर्घटनापछि अस्पताल जाँदा कोरोना पुष्टि, भेन्टिलेटर नपाएर अर्को अस्पताल जाँदा मृत्यु


१२ कार्तिक २०७७, बुधबार
Lumbini Medical College Palpa 1024x382 1

रुपन्देही, १२ कार्तिक । कोरोना भाइरस संक्रमणबाट रुपन्देही र पाल्पाका थप एक–एक जनाको उपचारकै क्रममा ज्यान गएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिएका छन् ।

बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७