‘रअ’ प्रमुख गोयलले ‘सुटुक्क’ बाबुराम भट्टराईलाई भेटेर कोरोना भाइरस सल्काए : खगेन्द्र संग्रौला


१२ कार्तिक २०७७, बुधबार
khagendra sangraula

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल्सलाई भेटेकोमा आपत्ति जनाएका जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत गोयललाई भेटेको समाचार बाहिरिएपछि लेखक खगेन्द्र संगौलाले कडा व्यंग्य गरेका छन् ।

आज (बुधबार) बिहानै सामाजिक सञ्जालमार्फत साहित्यकार संग्रौलाले गोयल्सले नै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस सल्काएको व्यंग्य गरेका हुन् ।

kh

‘डा.बाबुराम भट्टराई ‘रअ’ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने ! अनि यता बाबुराम आइसोलेसनमा, उता सामन्त आइसोलेसनमा,’ फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७