कोरोना महामारीबीच विहारमा मतदान, सावधानी साथ सहभागी हुन मोदीको अपिल

७१ सिटमा मतदान, ६० पार्टीका एक हजार ६६ उम्मेदवार


१२ कार्तिक २०७७, बुधबार
8f841e68b46bacdb46e947ca38d27948 w1000 h500 cp

काठमाडौं, १२ कार्तिक । कोरोना भाइरस महामारीबीच भारतको बिहारमा विधान सभा चुनावअन्तर्गत बुधबार मतदान शुरु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहार विधान सभाका २४३ सिटका लागि पहिलो चरणको मतदान शुरु भएको हो । पहिलो चरणमा बिहारका १६ जिल्लाको कूल ७१ सिटमा मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन (एनडीए) का तर्फबाट नितिशकुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, जितनराम माझीको हमएस ६ र मुकेश सहनीको भीआईपी एक सिटका लागि चुनावी मैदानमा छन् ।
यस्तै राष्ट्रिय जनता दल (आरजेडी) ४२, कंग्रेस २१ र सीपीआईएमएल ८ सिटमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी पहिलो चरणको चुनावमा लोक जनशक्ति पार्टी ४१ सिटमा प्रतिस्पर्धा गर्दैछ । उक्त पार्टीले पहिलो चरणमा जेडीयूका सबै ३५ उम्मेदवारविरुद्ध आफ्ना प्रत्यासी खडा गरेको छ ।
यस पटक लोक जनशक्ति पार्टी एनडीएबाट बाहिरिएको छ । चिराग पासवानले नितिश कुमारविरुद्ध भोट दिन अपिल गरिरहेका छन् ।

पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाता सहभागी हुने बताइएको छ । अहिले मतदान भइरहेका जिल्लामध्ये धेरैमा माओवादी अतिवादको आतंक छ । दोस्रो चरणको मतदान नोभेम्बर तीन र अन्तिम चरणको मतदान नोभेम्बर ७ तारिखमा हुनेछन् । बिहार चुनावको नतिजा नोभेम्बर १० मा सार्वजनिक हुने भारतनीय सञ्चारमाध्यमले जनाएका छन् ।

७१ सिटमा मतदान, ६० पार्टीका एक हजार ६६ उम्मेदवार
भारतको बिहारमा विधानसभा चुनावका लागि मतदान शुरु भएको छ । तीन चरणमा हुने चुनावको पहिलो चरणमा बुधबार मतदान भइरहेको हो ।

बुधबार ७१ सिटका लागि चुनाव भइरहेको हो । जसमा ६० पार्टीका १ हजार ६६ उम्मेदवार मैदानमा उत्रिएका छन् । जसमा ९५२ पुरुष तथा ११४ महिला रहेका छन् । कोरोना भाइरसको महामारीबीच भारतमा पहिलो पटक चुनाव भएको हो । बिहारको चुनाव पहिलो चरणमा बुधबार, दोस्रो चरणमा नोभेम्बर ३ र मा तेस्रो मतदान ७ नोभेम्बरमा हुनेछ ।

चुनावको नतिजा १० नोभेम्बरमा आउने छ । कोरोनाका कारण मतदान गर्ने समय एक घण्टा बढाइएको छ ।

सावधानी साथ मतदानमा सहभागी हुन मोदीको अपिल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना काल भएकाले सावधानी अपनाएर मतदान गर्न मतदाताई अपिल गरेका हुन् । उनले ट्वीट गर्दै बिहार विधान सभा पहिलो चरणको चुनावमा सहभागी भइरहेका नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

mo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७