घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१३ कार्तिक २०७७, बिहीबार
gold

काठमाडौं, १३ कार्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । दशैंपछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हो ।

सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७