कुखुराको आक्रमणबाट प्रहरीको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार
201028083852 restricted christian bolok exlarge 169 DnNy4nYNB0

फिलिपिन्स, १३ कार्तिक । फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले (कुखुरा) जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मारिएका छन् ।

उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको थियो ।

201028124937 rooster cockfighting phillippines exlarge 169 5HyLcLSQLu

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृत्त घोषित गरिएको थियो ।’

Capture 1

फिलिपिन्समा भाले जुधाइ खेलको लामो इतिहास छ । तर, यसबाट कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगस्तमा प्रतिबन्ध लगाइएको थियो । ‘टुपाडा’ भनेर चिनिने यस प्रतियोगितालाई अहिले पनि प्रहरीको आँखा छलेर खेलाउने गरिएको छ ।

घटनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ । उनको बुधबार अन्तिम संस्कार गरिएको छ । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७