प्रदेश-२ मा कात्तिक १४ गते सार्वजनिक बिदा


१३ कार्तिक २०७७, बिहीबार
pradesh 2 scaled

धनुषा, १३ कार्तिक । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।

यसैबीच पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश–२ सरकारले यही कात्तिक १४ गते (भोलि) सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७