मास्क लगाउन आग्रह गर्दा गार्डमाथि २७ पटक छुरी प्रहार, दिदी–बहिनी पक्राउ


१३ कार्तिक २०७७, बिहीबार
201028150437 hill sisters split exlarge

काठमाडौं, १३ कार्तिक । मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा अमेरिकामा एक स्टोरका सेक्यूरिटी गार्डमाथि चक्कु प्रहार भएको छ । इलिनोइस राज्यमा गार्डको हत्याको प्रया गरेकोमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिकागो प्रहरीका अनुसार मास्क बिना स्टोरमा पुगेका दुई दिनीबहिनीको ३२ वर्षीय गार्डसँग भनाभन परेको थियो । ती गार्डले दुई जनालाई मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने बताउँदा विवाद भएको कुक काउन्टी स्टेट एटर्नी अफिसले जनाएको छ ।

वादविवादपछि २१ वर्षीया जेसिका हिलले चक्कु निकालेर ती गार्डको ढाड, घाँटी र हातमा २७ पटकसम्म प्रहार गरेकी थिइन् । दिदीले आक्रमण गर्दा उनकी १८ वर्षीया बहिनी जायला हिलले गार्डलाई कपालमा समेर भुइँमा लडाएर पक्रेकी थिइन् । प्रहरीका अनुसार पीडित गार्डको अवस्था अहिले स्थिर रहेको छ । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७