काठमाडौं उपत्यकामा थपिए १६ सय १५ कोरोना संक्रमित


१३ कार्तिक २०७७, बिहीबार

काठमाडौं, १३ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो पछिल्लो २४ घण्टामा १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा १६ हजार ५२१, भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २३ सय ६४ कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६ सय १५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर तीन हजार ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ ।

आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७