आज थपिएका २३ सय ६४ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१३ कार्तिक २०७७, बिहीबार
korona

काठमाडौं, १३ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर तीन हजार ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ । आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ ।

आज (बिहीबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश–१ को इलाममा ३, उदयपुरमा १, खोटाङमा १, झापामा ३८, धनकुटामा १, भोजपुरमा १, तेह्रथुममा ३, मोरङमा ३२ र सुनसरीमा ६० जनामा कोरोना भेटिएको छ ।

प्रदेश–२ को धनुषामा ७, पर्सामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा ७, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ३८ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ६, चितवनमा ९७, दोलखामा १६, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ९७, मकवानपुरमा ४७, रसुवामा ४, रामेछापमा ३, ललितपुरमा १ सय ८०, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा १० जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३६, तनहुँमा १७, नवलपरासी पूर्वमा ३१, पर्वतमा ५, म्याग्दीमा ५, लमजुङमा २, बागलुङमा १ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ ।

कोरोना संक्रमित हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीका ४, कपिलवस्तुका ४, गुल्मीका ५, दाङका १३, नवलपरासीका ७, पाल्पाका ५, प्युठानका १, बर्दियाका ७, बाँकेका ३७, र रुपन्देहीका ५७ जना छन् ।

कर्णाली प्रदेशको रोल्पामा १, कालिकोटमा २३, जाजरकोटमा २, जुम्लामा ७, दैलेखमा ३ र सुर्खेतमा १ जनाका कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको हुम्लामा १, अछाममा १, कञ्चनपुरमा १, डडेल्धुरामा २ र बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७