पर्यटनमन्त्री भट्टराईद्धारा ताप्लेजुङको तोक्पेगोला क्षेत्रको डकुमेन्ट्री सार्वजनिक {भिडियाेसहित}


१४ कार्तिक २०७७, शुक्रबार
yogesh bhattarai topkya gola

काठमाडौँ, १३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित तोक्पेगोला क्षेत्रको डकुमेन्ट्री सार्वजनिक गरेका छन । प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण तोक्पेगोला बस्तीलाई केन्द्र बनाएर बनाएको डकुमेन्ट्री बुधवार सिंहदरबारमा एक कार्यक्रमबिच सार्वजनिक गरेका हुन ।

ताप्लेजुङकै दुई युवा हेमराज निरौला र गोपाल गाैतमले स्थलगत भ्रमण गरी निर्माण गरेको डकुमेन्ट्री नयाँ पेज डटकम र नयाँ पेजको युट्युब च्यानलमार्फत गरिएको हो । कार्यक्रममा नेकपा पर्यटन विभाग उपप्रमुख पासाङ शेर्पा, पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी लगायत पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री भट्टराईले ताप्लेजुङ जिल्ला पर्यटनकाे लागि अग्रणी जिल्ला भएकाे बताए । उनले भने,‘नेपाल अत्यन्तै सुन्दर देश हो । पूर्वदेखि पश्चिमसम्मै सुन्दर छ । तराईदेखि पहाड हिमाल सम्मै सुन्दर छ । हिमाल क्षेत्रमा पश्चिम अपि देखि पूर्व सम्मै सुन्दर छ । हिमाली भेगमा ताप्लेजुङ अग्रणी जिल्लाकाे रूपमा रहेको छ । ताप्लेजुङमा सानो ठुला गरी ३०० भन्दा बढी पोखरी, हिमतालहरू रहेको छ । तर सगरमाथा क्षेत्रमा जति पर्यटनमा अगाडि छ । तर पूर्व तिर छैन ।’

यस्तै उनले पूर्वी क्षेत्र पर्यटनको भर्जिन ल्यान्ड भएको बताउँदै डकुमेन्ट्रीले प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘पूर्वी भेग तीर पर्यटनको भर्जिन ल्यान्ड हो । क्रमशः नेपालको पूर्व तीर पर्यटन बढेको छ । तोक्पेगोलाको क्षेत्रको स्थलगत भ्रमण गरी बनाउनु भएको यस डकुमेन्ट्रीले प्रमोसन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले आन्तरिक पर्यटन पनि बढाउँछ । व्यावसायिक ढङ्गले पनि विकास हुनेछ । अन्तर्राष्ट्रिय हिसाब पनि सिमसार सूचीकृत अभियान चलिरहेको छ’ उनले भने ।

यस्तै उपप्रमुख पासाङ शेर्पाले उक्त क्षेत्र संस्कृतिसँग पनि जोडिएको बताउँदै पर्यटनको नयाँ गन्तव्य बन्ने बताए । उनले भने, ‘‘ मेरो आफ्नो जन्मभूमिको सुन्दर भिडियो बनाई दिएकोमा हेमराज जी लगायतको टिममा मुरमुरी धन्यवाद ज्ञापन गर्दछु । यस क्षेत्रमा हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । यो पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ । यो गाडी निःषेध, प्लास्टिक निःषेध, कङक्रिट निषेध क्षेत्र हुनेछ ।’

तोक्पेगोला समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा पर्छ । उक्त बस्तीमा ढोक्प्या जातिको बसोबास रहेको छ । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर, काठले छाएको छानो, भोटे झ्याल भएको बस्ती रहेको छ । यस क्षेत्र सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्कोदिन हिँडेर तोक्पेगोला पुगिन्छ ।

डकुमेन्ट्री भिडियो हेर्नुहोस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७