कस्मिरमा कारमै गोली हानेर आतंककारीले गरे तीनभाजपा नेता–कार्यकर्ताको हत्या


१४ कार्तिक २०७७, शुक्रबार
ac0870b89cb3b42f6686cc9fa9b4600c w1000 h500 cp

काठमाडौं, १४ कार्तिक । दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार हुसैन, कुलगाम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसहित उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको हो ।

एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ । तर कसको घटनास्थलमै र ककसको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो, पत्रिकाले खुलाएको छैन ।

फिदा हुसैन काजिगुन्ड बस्थे । हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए । आतंकवादी एक गाडीमा आए र फिदालाई कारमै गोली हानेर भागे । सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाएका छन् ।

द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ । बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७