हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी


१४ कार्तिक २०७७, शुक्रबार
60950e9e54367da72d344bac703ba6ea w1000 h500 cp

हुम्ला, १४ कार्तिक । हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ ।

चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो ।

खुक्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन् । उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए ।

सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए ।

लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौंका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७