संक्रमणको पहिलो हप्ता यस्ता लक्षण देखिए दीर्घ कोभिड हुने खतरा

‘संक्रमणमुक्त हुने बित्तिकै काममा सक्रिय भई हाल्नु हुँदैन’


१४ कार्तिक २०७७, शुक्रबार
isolation woman with coffee behind windows

काठमाडौं, १४ कार्तिक । अनुसन्धानका अनुसार कोरोनाबाट मुक्त भएको केही हप्तासम्म पहिले जस्तै आफ्ना काममा सक्रिय भइहाल्नु हुँदैन । यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ र आउने दिनमा यो अझ जटिल बन्न सक्छ ।

दीर्घ कोभिड अर्थात् लामो समय कोरोना संक्रमणको असर रहिरने अवस्था । यस विषयमा वैज्ञानिकले विभिन्न अनुसन्धान गरिरहेका छन् ।

किङ्स कलेज लन्डनले गरेको अनुसन्धानअनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घ कोभिडका संकेत हुन सक्छन् ।

अनुसन्धानअनुसार संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने लङ कोभिड अर्थात् दीर्घ कोभिड हुने खतरा हुन्छ ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुन्छ । यस्ता बिरामीमा कोरोना नेगेटिभ भइसकेर पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरहन्छ ।

४० हजार संक्रमितमा अनुसन्धान
बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए । जसमा बेलायत र स्विडेनका बिरामी सहभागी थिए । तीमध्ये २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको बताएका थिए ।

यस्तै १ सय ९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको पाइयो । यसैगरी सय जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा भएको बताए । अनुसन्धानकर्ताको दाबी छ– यी घटना नै लामो समयसम्म कोभिडको असर हुन्छ भन्ने कुराका प्रमाण हुन् ।

‘संक्रमणमुक्त हुने बित्तिकै काममा सक्रिय भई हाल्नु हुँदैन’
अनुसन्धानका अनुसार कोरोनामुक्त भएको केही हप्तासम्म पहिले जस्तै आफ्ना काममा सक्रिय भइहाल्नु हुँदैन ।

यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ र आउने दिनमा यो अझ जटिल बन्न सक्छ । साथै यस अवधिमा स्वस्थ र पोषिलो खानेकुरा खाने, योगासन गर्ने गर्नुपर्छ । साथै कुनै औषधि खाने गरिएको छ भने त्यो नियमित गर्न भुल्न हुँदैन ।

६४ प्रतिशत बिरामीमा महिनौं असर
कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिएको पाइयो । उपचारपछि पनि उनीहरूमा सास लिन कठिन, थकान, बेचैनी र डिप्रेसनका समस्या देखिए ।

यो अनुसन्धान गर्ने अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता भन्छन्, ‘कोरोना संक्रमण भएको २ देखि ३ महिनासम्म असर देखिइरहेको पाइयो । ६४ प्रतिशत कोरोनाका बिरामी सास लिन गाह्रो हुने समस्याबाट पीडत भएको पाइयो । त्यस्तै कोरोनाबाट मुक्त ५५ प्रतिशत मानिसमा थकानको समस्या देखियो ।’ दैनिक भास्करबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७